Logo

कर्पोरेट फोकस

गरिमा विकास बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत



गरिमा विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज सूचीकृत भएको छ।

बैंकको ‘गरिमा डिबेन्चर, २०८५’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । यो ऋणपत्रका १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ ।

गरिमा विकास बैंकको यो ऋणपत्र आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ। नेप्सेले यो ऋणपत्रलाई ‘जीबीबीडी ८५’ कारोबार संकेत प्रदान गरेको छ ।

यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ८।७५ प्रतिशत ब्याजदर पाउनेछन् ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार १९:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।