Logo

प्रवास

मलेसिया गएका धनकुटाका राई ९ बर्ष देखि वेपत्ता, खोजि गरिदिन आमाको हारगुहार



धनकुटा । वैदेशिक रोजगारिको शिलशिलामा ९ वर्ष अघि मलेसिया पुगेका धनकुटा नगरपालिका वडा नं. २ लामीघरका ३७ वर्षीय हर्कबहादुर राई अहिले सम्म परिवारको सम्पर्कमा नआएको भन्दै उनका परिवारले खोजी गरि दिन सरकार सक्षम अनुरोध गरेका छन् ।

परिवारसँग सम्पर्क नभएपछि उनका आमा सुचिम्मा राई र १० बर्षीय नातिनी युनिषा राईलाई साथमा लिएर छोराको खोजिमा पहल गरिदिन भन्दै सदरमुकाम स्थित पत्रकार महासंघको कार्यलय आइपुगेकी छिन् ।हर्कबहादुरकी आमा सुचिम्मा अनुसार मलेसिया पुगेको डेढ वर्षसम्म हर्कवहादुर परिवारसँग सम्पर्कमा थिए । त्यस यता सम्पर्क भएको छैन् । हर्कवहादुरका दुई छोरा र एक छोरी छन् ।

उनीहरुको भरणपोषण उनका बाजे गंगावहादुर राई र वजै सुचिम्मा राईले गर्दै आइरहेका छन् । युनिषा ३ वर्षको हुँदा उनकी आमा निशा राईले आत्महत्या गरेकी थिइन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार १२:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।