Logo

कर्पोरेट फोकस

डलरको भाउ घट्यो, विदेशी मुद्राको विनिमयदर कुन देशको कति ?



लगातार बढेर उकालो लागेको डलरको भाउ आज घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ २० पैसा र विक्रीदर १२२ रुपैयाँ ८० पैसा तोकेको छ । हिजोको तुलनामा आज डलरको खदिरदर र विक्रीदर नै घटेको हो । हिजो अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ ७६ पैसा र विक्रीदर १२३ रुपैयाँ ३६ पैसा थियो ।

मंगलबार भने अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च थियो । उक्त दिन अमेरिकन डलर १ को खरिददर १२२ रुपैयाँ ८४ पैसा र विक्रीदर १२३ रुपैयाँ ४४ पैसा कायम भएको थियो ।

त्यस्तै आज युरोपियन युरो आज १ को खरिददर १३४ रुपैयाँ २२ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८८ पैसा छ ।

युके पाउन्ड स्टलिङ १ को खरिददर १६० रुपैयाँ ९३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७२ पैसा कायम भएको छ । त्यसैगरी जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ५५ पैसा र बिक्रीदर १० रुपैयाँ ६० पैसा रहेको छ । चाइनिज यून १ को खरिददर १९ रुपैयाँ ३५ पैसा रहेको छ भने विक्रीदर १९ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार ११:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।