Logo

अर्थ

नेप्से २ प्रतिशतले बढ्यो



साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । पछिल्ला केही दिनयता लगातार गिरावट भएको नेप्सेमा बिहीबार भने हरियाली छाएको छ ।

बुधबार २५१४.५८ अंकमा बन्द भएको नेप्से बिहीबार २.०८ प्रतिशत (५२.२१ अंक)ले वृद्धि भएर २५६६.७९ अंका बन्द भएको छ । बिहीबार नेप्सेसँगै अन्य सबै उपसूचकमा हरियाली छाएको छ ।

नेप्सेमा २ प्रतिशतले वृद्धि भए पनि बुधबारको तुलनामा केही सुधार देखिएको कारोबार रकममा ठूलो उत्साह भने देखिएन । आज बजारमा दुई अर्ब ७९ करोडको कारोबार हुँदा अपी पावरको साढे १६ करोड र नेपाल दूरसञ्चार कम्पनीको साढे १३ करोडको कारोबार भएको छ ।

आज बजारमा कारोबार भएका मध्ये इमर्जिङ नेपालको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा कर्णाली डेभलपमेन्ट बैंकको ८.८९ प्रतिशतले बढेको छ ।

माउन्टेन इनर्जीको सेयर मूल्य ३.०८ प्रतिशतले गिरावट हुँदा नेपाल दूरसञ्चार कम्पनीको २.०२ प्रतिशत र बोटलर्स नेपाल तराईको सेयर मूल्य  १.८३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार १५:३०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।