Logo

कर्पोरेट फोकस

ग्लोबल आइएमईले कामना सेवा विकास बैंकका ग्राहकलाई बैंकिङ सुविधा दिने



ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकलाई गैर कोषमा आधारित बैंकिङ्ग सुविधा प्रदान गर्ने भएको छ । बिहीबार ग्लोबल आइएमई बैंक र कामना सेवा विकास बैंकबीच यसबारे सम्झौता गरेको हो ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले कामना सेवा विकास बैंकका ग्राहकहरुलाई गैर कोषमा आधारित एलसी, बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट अक्सेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग जस्ता सुविधाहरु उपलब्ध गराउने छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार १०:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।