Logo

कर्पोरेट फोकस

बैंक अफ काठमाडौं र हेफर नेपालबीच सहकार्य, वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने



बैंक अफ काठमाण्डौं र हेफर नेपालबीच वित्तीय साक्षरतासम्बन्धी सहकार्य हुने भएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत ग्रामीण क्षेत्रहरुमा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्न हेफर नेपालसँग सम्झौता गरेको जनाएको छ ।

बैंकिङ्ग क्षेत्र भन्दा बाहिर रहेकालाई चेतना अभिवृद्धि र वित्तीय कारोबारमा प्रोत्साहन गरि बैंकिङ्ग पहुँचमा ल्याउन सहकार्य गरिएको बैंकले जनाएको छ ।

सम्झौता पत्रमा बैंकका प्रमुख संस्थागत निक्षेप दिलिप पोखरेल र हेफर नेपालका प्रमुख डा. शुभनाथ महतोले हस्ताक्षर गरेका छन् । बैंकले ९७ शाखा, ८५ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार १३:४३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।