ग्रीन भेन्चर्स लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटले आईपीओ बाँडफाँट गरेको हो ।
कम्पनीले ८ चैतबाट आवेदन दिन मिल्ने गरी ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता शेयर निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि २८ लाख ७५ हजार कित्ता छुट्याएको थियो । सो कित्ताका लागि २१ लाख ११ हजार ६ सय ४९ जनाले २ करोड ४३ लाख ५१ हजार ८ सय ८० कित्तामा आवेदन भरेका थिए । तीमध्ये २१ लाख ६ हजार ५ सय १६ आवेदकको २ करोड ४२ लाख ७७ हजार कित्ता शेयरका लागि आवेदन स्वीकृत भएको छ भने ५ हजार १३३ जनाको ७४ हजार ८८० कित्ताका लागि आवेदन रद्द भएको छ ।
स्वीकृत आवेदनमध्ये २ लाख ८७ हजार ५०० जनालाई १० कित्ताका दरले कम्पनीको शेयर बाँडफाँट गरिएको छ । बाँडफाँड गरिएको आईपीओको रिजल्ट भने सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइटमा र कम्पनीको वेबसाइटमा गएर हेर्न सकिनेछ ।






















प्रतिक्रिया