Logo

समाचार

अमेरिकामा बन्दुकधारीको आक्रमणमा ८ जनाको मृत्यु



अमेरिकाको क्यालिफोर्निया राज्यमा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा आठ जनाको मृत्यु भएको छ। 

क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्टा क्लारामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका हुन्। रेलवे स्टेशन नजिक रेलवे कर्मचारीको छलफल चलिरहेकै बेला ती बन्दुकधारीले गोली प्रहार गरेको बीबीसीले जनाएको छ।  बन्दुकधारीको नाम सैमुअल कसीडी रहेकाे छ।

गोलीकाण्ड गर्नु अघि ती व्यक्तिले आफनो घरमा आगजनी गरेका थिए। बन्दुकधारी प्रहरी कारबाहीमा मारिएका छन्। अन्धाधुन्द गोली प्रहारबका २३० घटना भइसकेका छन्।

प्रकाशित मिति : जेष्ठ १३, २०७८ बिहीबार  ९ : ४२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।