नेपालमा सर्वाधिक डाउनलोड गरिएको लोकप्रिय एप हाम्रो पात्रोले रेमिटेन्स सेवा शुरू गरेको ७ महिना पूरा भएको छ। असोज ८ गते देखि शुरू भएको यो सेवामार्फत अहिलेका लागि अमेरिकामा रहेका नेपाली नागरिकले नेपालमा रकम पठाउन सक्छन् ।
अमेरिकी बैंकमा रहेको खाता तथा डेबिट कार्डबाट सहजै जुनसुकै नेपाली बैंकको खातामा रकम पठाउन सकिनेछ।
अहिलेसम्म प्रति व्यक्तिले ६ महिनामा अधिकतम ३०,००० अमेरिकी डलरसम्म पठाउन मिल्ने व्यवस्था थियो भने अब देखि यो सिमा बढेर एक लाख डलरसम्म पठाउन मिल्ने छ ।
प्रति कारोबार सीमा १० हजार डलरमा नै राखिनेछ भने यो सुविधा टिएर ३ मा भएका प्रयोगकर्ताहरूमा लागू हुने कम्पनीले जनाएको छ।
पात्रोको रुपमा शुरू भएको हाम्रो पात्रोले आफ्नो प्रारम्भिक समयदेखि नै फोरेक्स अर्थात विदेशी मुद्राको नेपाली विनिमय दर हेर्न सकिने सुविधा दिँदै आएको छ ।
अब एउटै एपमा विनिमय दर हेर्ने र रेमिटेन्स पठाउने सुविधा सँगसँगै उपलब्ध भएको छ । जुन विदेशबाट नेपालमा रकम पठाउने सबैभन्दा सहज विकल्पको रुपमा रहने हाम्रोपात्रोले जनाएको छ ।






















प्रतिक्रिया