सरकारले ताप्लेजुङदेखि दार्जुलासमम् हिमालय पदमार्ग निर्माण गरिने जनाएको छ । अर्थमन्त्री विष्णु पौडलले आर्थिक वर्ष २०७८-२०७९ को बजेट सार्वजनिक गर्दै हिमाली क्षेत्रको पर्यटन प्रबर्द्धन गर्नका लागि ताप्लेजुङदेख दार्चुलासम्म हिमालय पदमार्ग निर्माणका लागि डीपीआर तयार गरिने जनाएका छन् ।
पर्यटकीय सम्भावनाको उपयोग गरि नेपाललाई आकर्षक र रमणीय पर्यटकीय स्थलको रुपमा अभिवृद्धि गरिने अर्थमन्त्री पौडेलले जनाएका छन् । उनले साहसिक पर्यटन प्रबर्दधन गरिने तथा कृषि पर्यटन, पर्यापर्यटन, योगा पर्यटन र हिमालय पर्यटन प्रबर्द्धन गरिने जनाएका हुन् । यसका लागि उनले ५९ करोड विनियोजन गरेको बताएका छन् ।















प्रतिक्रिया