Logo

कर्पोरेट फोकस

२७ वाणिज्य बैंक मध्ये पहिलो ग्लोबल आईएमई बैंक, अन्यमा बैंकको अबस्था कस्तो ?



काठमाडौं । चालु आर्थिक वर्षमा सबैभन्दा बढी नाफा गर्ने बैंकमा ग्लोबल आईएमई बैंक परेको छ । ग्लोबल आईएमईले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा तीन अर्ब ७२ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा रकम चालु आर्थिक वर्षको पहिलो त्रैमासका बैंकहरुले गरेको नाफामा सबैभन्दा बढी हो ।

ग्लोबलको नाफा गत आवको सोही अवधिको तुलनामा ४.१३ प्रतिशतले बढेको हो । बैंकको खुद ब्याज आम्दानी सात अर्ब ४३ करोड ९७ लाख रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा एक अर्ब ९१ करोड ९१ लाख रुपैयाँ छ ।

९ महिनामा बैंकले १३.८ प्रतिशतले कर्जा विस्तार गरेर दुई खर्ब ६० अर्ब रूपैयाँ पुर्‍याएको छ भने निक्षेप २ खर्ब ६९ अर्ब ८ करोड २८ लाख रुपैयाँ संकलन गरेको छ । २३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ चुक्तापुँजी भएको ग्लोबल बैंकको जगेडा कोष ९ अर्ब ८४ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

एनएमबी बैंकले २ अर्ब ६६ करोड ५२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ५.९१ प्रतिशतले बढेको छ । गत आवको चैतमसान्तसम्म बैंकको खुद नाफा २ अर्ब ५१ करोड ६४ लाख रुपैयाँ थियो ।

एनएमबीको वितरणयोग्य नाफा १ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ छ । बैंकले यो अवधिसम्म १ खर्ब ७७ अर्ब ९२ करोड ४७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने कुल १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आबको तुलनामा बैंकको कर्जा र निक्षेप दुवै बढेको छ ।

सिभिल बैंकले नाफा उल्लेख्य रुपमा बढाएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससमम ७९.९० प्रतिशतले नाफा बढाएको हो ।

सार्वजनिक अपरिष्कृत वित्तीय विवरणका अनुसार सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अन्त्यसम्म ९० करोड ९१ लाख रूपैयाँ खुद मुनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५० करोड २५ लाख ५५ हजार रुपैयाँ नाफा गरेको थियो ।

बैंकले ९ महिनामा २ अर्ब ४५ करोड ५२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको वितरणयोग्य नाफा ४२ करोड ६८ लाख रुपैयाँ छ । ९ महिनामा बैंकले ५ अर्बको कर्जा विस्तार गरेर ८३ अर्ब ९३ करोड रूपैयाँ पु¥याएको छ । यसबीचमा निक्षेप २ अर्बले बढेर ९० अर्ब ७० करोड रुपैयाँ कायम भएको वित्तीय विवरणले देखाउँछ ।

लक्ष्मी बैंकको खुद नाफा ३३.३१ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ८५ करोड ८९ लाख रुपैयाँ खुद नाफा गरेको छ । लक्ष्मीले गत आबको सोही अवधिमा १ अर्ब २८ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

लक्ष्मी बैंकको खुद ब्याज आम्दानी भने ८.६३ प्रतिशतले बढेको छ । चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ८९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.५२ गुणा रहेको छ । चुक्ता पूँजी ८ प्रतिशत बढेर ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ पुगेको छ । बैंकको जगेडा कोष २१.९६ प्रतिशत घटेर ४ अर्ब ८३ करोड ९२ लाख ५४ हजार रुपैयाँमा सीमित भएको हो ।

लक्ष्मीको निक्षेप १८.०३ प्रतिशतले बढेर १ खर्ब ३५ अर्ब २६ करोड ९४ लाख ४७ हजार रुपैयाँ र कर्जा लगानी २२.५४ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ९२ करोड ५६ लाख ९३ हजार रुपैयाँ कायम भएको छ ।

माछापुच्छ्रे बैंकको खुद नाफा १६ प्रतिशतले बढेको छ । चालु आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ५५ करोड १७ लाख ७२ हजार रुपैयाँ नाफा गरेको छ । बैंकको गत आबको चैत मसान्तसम्ममा नाफा १ अर्ब २९ करोड ६ लाख १२ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले चैत मसान्तसम्ममा १ खर्ब ४१ अर्ब ८ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब ३१ अर्ब १७ करोड २७ लाखरु पैयाँ कर्जा लगानी गरेको छ । जुन गत आबको तुलनामा बढी नै हो । बैंकको खद व्याज आम्दानी पनि बढेको छ । बैंकले १ अर्ब १७ करोड ४७ लाख हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।

नेपाल बंगलादेश (एनबी) बैकको नाफा ३२.१८ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ११ करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६३ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी पनि २.२४ प्रतिशतले घटेको छ भने सञ्चालन नाफा ३९.०८ पनि प्रतिशतले घटेको छ । एनबीले ८२ अर्ब २ करोड १५ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन र ७६ अर्ब २० करोड ९२ लाख १५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिको तुलनामा कर्जा बढेको छ भने निक्षेप घटेको देखिएको छ ।

प्रभु बैंकको नाफा घटेको देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १६.९० प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ७५ करोड २९ लाख २३ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १० करोड ९६ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रभुको खुद ब्याज आम्दानी १२.७२ प्रतिशत बढेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकले ३ अर्ब ८३ करोड ५३ लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस अवधिमा बैंकको सञ्चालन मुनाफा १६.२२ प्रतिशत घटेर २ अर्ब ५६ करोड ६ लाख ३५ हजार रुपैयाँ र वितरणयोग्य नाफा ७८ करोड ३ हजार रुपैयाँ रहेको छ । यस्तै, बैंकले १ खर्ब ६७ अर्ब ३६ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ४३ अर्ब ७१ करोड २७ लाख ५१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

हिमालयन बैंकको खुद नाफा १ अर्ब ३९ करोड १५ लाख रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.११ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

हिमालयनको खुद ब्याज आम्दानी २४.०१ प्रतिशत बढेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) भने घटेको छ ।

बैंकले यो अवधिमा १ खर्ब ५० अर्ब ४१ करोड २९ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने कुल १ खर्ब ६५ अर्ब ३१ करोड ३२ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आवको सोही अवधिको तुलनामा कर्जा र निक्षेप दुवै बढेको छ ।

नबिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवको तुलनामा यस आवको तेस्रो त्रैमासमा बैंकको नाफा ८.९१ प्रतिशतले घटेको हो ।

नविलको खुद ब्याज आम्दानी २९.३० प्रतिशतले बढेको छ । बैंकले तेस्रो त्रैमाससम्म ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ५ अर्ब ९६ करोड ९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

बैंकको निक्षेप ४.८१ प्रतिशत बढेको छ भने कर्जा १२.१० प्रतिशत बढेको छ । बैंकले चैतसम्म कुल २ खर्ब ३४ अर्ब २२ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन र कर्जा २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख रुपैयाँ प्रवाह गरेको छ ।

एनआईसी एसिया बैंकले ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । एनआईसी एसियाको नाफा १९.९६ प्रतिशतले बढेको छ ।

प्राइम बैंकले २ अर्ब ७२ करोड २० लाख रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिका प्राइमले २ अर्ब ८१ करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइमको नाफा ३.३९ प्रतिशतले घटेको छ ।

करिब शतप्रतिशत सरकारी लगानी रहेको राष्ट्रिय वाणिज्य बैंकको नाफा पनि १९.९८ प्रतिशतले घटेको छ । रावा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ६१ करोड ६७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ८४ करोड ७१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा १२.९९ प्रतिशतले घटेको छ ।

नेपाल बैंकले २ अर्ब १९ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २६ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा नेपाल बैंकको खुद नाफा ३.०७ प्रतिशतले घटेको छ ।

सिद्धार्थ बैंकले २ अर्ब ८ करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६ करोड ५२ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको तुलनामा सिद्धार्थको नाफा १.१३ प्रतिशतले बढेको छ ।

मेगा बैंकले २ अर्ब १ करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा मेगाले १ अर्ब ९७ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको तुलनामा मेगाको नाफा २.१२ प्रतिशतले बढेको छ ।

कृषि विकास बैंकले १ अर्ब ९० करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ७ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवको तुलनामा कृषि विकास बैंकको खुद नाफा ८.०९ प्रतिशतले घटेको छ ।

सानिमा बैंकले १ अर्ब ५९ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ८५ करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवको तुलनामा सानिमा बैंकको खुद नाफा १४.२ प्रतिशतले घटेको छ ।

सिटिजन्स बैंकले १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवको तुलनामा सिटिजन्स बैंकको खुद नाफा २.८७ प्रतिशतले बढेको छ ।

एभरेष्ट बैंकले १ अर्ब ५१ करोड ६३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५० करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवको तुलनामा एभरेष्टको खुद नाफा ०.५९ प्रतिशतले बढेको छ ।

एनसीसी बैंकले १ अर्ब ४८ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब १० करोड ११ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवको तुलनामा एनसीसीको खुद नाफा ३५.१ प्रतिशतले बढेको छ ।

नेपाल एसबीआई बैंकले १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८७ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आवको तुनलामा एसबीआई बैंकले खुद नाफा ४७.९६ प्रतिशतले बढाएको छ ।

सनराइज बैंकले १ अर्ब २७ करोड ७३ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १३ करोड रुपैयाँ थियो । गत आवको तुलनामा सनराइजको खुद नाफा १३.०४ प्रतिशतले बढेको छ ।

बैंक अफ काठमाडू (बीओके) ले ८७ करोड ७ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब १६ करोड ९३ लाख रुपैयाँ थियो । गत आवको तुलनामा बीओकेको खुद नाफा २५.५३ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १९:३७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।