Logo

समाचार

ब्राजिलमा कोभिडबाट २४ घन्टामा २ हजार ५०० बढीको मृत्यु



ब्राजिलमा गएको २४ घण्टायता कोभिड-१९को संक्रमणबाट यहाँका २ हजार ५०० भन्दा बढी नागरिकको ज्यान गएको छ । यहाँ बुधबार २ हजार ५०७ जना कोरानाका संक्रमित नागरिकको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख ६७ हजार ७०६ पुगेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार मंगलबार मात्र पनि यहाँ कोभिड-१९ को संक्रमणमा परेका यहाँका दुई हजार जना भन्दा बढीको एकै दिनमा ज्यान गएको थियो ।

यहाँका अधिकारीहरुले पछिल्लो समयमा ब्राजिलमा कोरोनाका संक्रमितहरुको ज्यान जाने क्रममा उल्लेख्य मात्रामा कमी आउन नसकेको बताएका छन् । कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म एक करोड ६७ लाख ४१ हजार जनाभन्दा बढीमा सो संक्रमण भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको नयाँ प्रजातिको भाइरसका साथै नयाँ नयाँ वेभ आइरहेका छन् । अस्पतालले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन् । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले बुधबार मात्र पनि यहाँका ९५ हजार जना भन्दा बढीमा कोरोनाको संक्रमण भएको छ । 

यस देशमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्यका रुपमा साओ पाओलो रहेको छ । साओ पाओलोमा मात्र एक लाखभन्दा बढी नागरिकको ज्यान गएको छ । ब्राजिल कोरोना भाइरसबाट ज्यान जाने विश्वका मुलुकहरु मध्ये अमेरिकापछि दोस्रोमा पर्दछ ।

प्रकाशित मिति : २० जेष्ठ २०७८, बिहीबार १५:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।