Logo

राजनीति

कुखुरा पालौं कि पोइल जाऔं ! माधव नेपालमा दोधार



एमाले नेता माधवकुमार नेपाल आफ्नो पक्षका नेताले दुई थरी सुझाव दिएपछि दोधारमा देखिएका छन् । 

नेपाल पक्षको दुई दिन चलेको बैठकमा अन्तिम अवस्थासम्म पार्टी एकतामा जोड दिनुपर्ने र नयाँ पार्टी बनाएर जानुपर्ने गरी दुई धार देखिएको छ । 

एउटा निष्कर्षमा पुग्न राखिएको बैठकमा दुई लाइन देखिएपछि के गर्ने भनेर नेपाल दबाबमा परेका हुन् । 

नयाँ पार्टी गठन गर्ने कि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै अझै एकताका लागि संघर्ष गर्ने भन्ने विषयमा नेपाल दोधारमा परेका हुन् । 

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

प्रकाशित मिति : जेष्ठ २२, २०७८ शनिबार  ७ : १७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।