उजुरी परेपछि खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ९ करोड ९० लाख ५७ हजार रूपैयाँ घाटा व्यहोरेको छ । उक्त घाटा रकम गत आर्थिक वर्षको वर्षको भन्दा थोरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी १० करोड १२ लाख २६ हजार रूपैयाँ घाटामा रहेको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानीमा भने उल्लेख्य सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा ३ करोड ५६ लाख एक हजार रहेको विद्युत् बिक्रीबाट हुने आम्दानी यस अवधिसम्म बढेर ७ करोड २६ लाख ११ हजार रूपैयाँ पुगेको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ४६ करोड ५७ लाख १४ हजार ३ सय रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोष ६६ करोड २० लाख ऋणात्मक छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी बढेर २१ रुपैयाँ २७ पैसा नोक्सानमा रहेको छ ।


















प्रतिक्रिया