Logo

१९ वर्षीय युवकको खोलामा डुबेर मृत्यु  



सुर्खेत : वीरेन्द्रनगर नगरपालिका-२ स्थित निकास खोलामा डुबेर सोही नगरपालिका-३ डेरा गरी बस्ने ओखलढुङ्गा चिसुङगढी गाउँपालिका-६ घर भएका १९ वर्षीय हिरा बहादुर मगरको आइतबार दिउँसो मृत्यु भएको छ ।

सोही ठाउँस्थित सिद्धापाईला कलेजमा मजदुर काम गरी बस्ने हिरा उक्त खोलामा नुहाउने क्रममा डुबेर मृत्यु भएको बताइएको छ ।   

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : जेष्ठ २४, २०७८ सोमबार  ४ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।