Logo

समाचार

अमेरिकी धनाढ्यहरूको आयकर विवरण सार्वजनिक, कसले कति तिर्छन् ?



एउटा समाचार साइटले अमेरिकी खर्बपतिहरूको कति कर तिर्छन् भन्ने दस्ताबेजको विवरण फेला पारेको दाबी गरेको छ । प्रोपब्लिकाले जेफ बेजोस, इलोन मस्क र वारेन बफेटसहित विश्वका सबैभन्दा धनी व्यक्तिहरूको कर चुक्ता दस्ताबेज देखेको बताएको छ।

वेबसाइटका अनुसार बेजोसले सन् २००७ र २०११ मा एक पैसा पनि कर तिरेनन् भने टेस्लाका मस्कले सन् २०१८ मा कुनै कर तिरेनन् । ह्वाइट हाउसका एक प्रवक्ताले दस्ताबेज बाहिरिनुलाई गैरकानुनी भनेका छन् भने एफबीआई र कर निकायले अनुसन्धान सुरु गरेका छन्।

प्रोपब्लिकाले खर्बपतिहरूको करसम्बन्धी ठुलो तथ्याङ्क विश्लेषण गर्दै गरेको र यसबारे थप विवरण आगामी साताहरूमा प्रकाशित गर्ने बताएको छ। बीबीसी 

 

 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १३:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।