Logo

दुईदिनमा मनसुन सुरु हुँदै, कति पर्ला पानी ?



मौसमविद्हरूका अनुसार झन्डै चार महिना लामो बर्खा याम अबको एक दुई दिनमा भित्रिने छ । 

मनसुनी प्रणाली बङ्गालको खाडीसम्म आइसकेको र त्यो पूर्वी क्षेत्र हुँदै देशभरि फैलने पुर्वाअनुमान गरिएको छ ।

यसपालि मनसुन भनिने यो याममा सामान्यता पर्ने १,५०० मिलिमिटरभन्दा धेरै पानी पर्ने प्रक्षेपण गरिएको छ ।

दक्षिण एशियाली मौसमविद्हरूले निकाल्ने साउथ एशियन क्लाइमेट आउटलुकले यसपालि नेपाललगायत यो क्षेत्रमा औसतभन्दा बेसी वर्षा हुन्छ भन्ने प्रक्षेपण गरेको छ।

मौसमविद्हरूले यो सालको मनसुनमा औसतभन्दा बढी पानी पर्ने बताइरहँदा विपद्सम्बन्धी निकायका प्रमुखले यसपालि खतरा आउनसक्ने भन्दै सजग गराएका छन् ।

सामान्यतया नेपालमा मनसुन जुन १० मा भित्रिएर सेप्टेम्बर २३ मा बाहिरिने गर्थ्यो।

तर पछिल्ला वर्षहरूमा यसको चरित्र बदलिएको छ।

 

 

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १६:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।