Logo

हावाहुरी सहीत असिनापानीले तीन लाखको क्षति



डोटी : केआइसिंह गाउँपालिका-७ सलेनामा रहेको एक विद्यालय तथा एक शिशु स्याहार केन्द्रको भवनमा गए राति आएको वर्षात्सँगैको हावाहुरीले लाखौँको क्षति पुर्याएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार हावाहुरीले उक्त वडामा रहेको कालारै आधारभूत विद्यालय तथा शिशु स्याहार केन्द्रको भवनमा क्षति पुर्याएको छ । उनका अनुसार हावाहुरीले विद्यालयको पर्खाल, छाना तथा ट्रष्ट उडाएको छ ।

हावाहुरीका कारण विद्यालय र शिशु स्याहार केन्द्रमा कम्तीमा पनि तीन लाख रुपैँया बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । यसैगरी हावाहुरीसँगै आएको असिनापानीका कारण किसानले फलाएका साग, तरकारी तथा मकै बालीमा पनि क्षति भएको स्थानीयवासी रमेशबहादुर बलायरले जानकारी दिएका छन् । हावाहुरीले मकै बाली तथा तरकारीमा क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् ।

प्रकाशित मिति : जेष्ठ २७, २०७८ बिहीबार  १ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।