Logo

चौधरी फाउण्डेसनद्वारा १८ बेडको आइसीयु वार्ड वीर अस्पताललाई हस्तान्तरण



चौधरी फाउण्डेसनले वीर अस्पतालमा आईसियू वार्ड स्थापना गरि अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरेको छ । देशकै जेठो अस्पताल वीरमा फाउन्डेशनले जनताको उपचारमा सहजता प्रदान होस भनेर आईसियु वार्ड स्थापना गरि हस्तान्तरण गरेको जनाएको छ ।

‘कोभिड–१९ को दोस्रो लहरबाट संक्रमित सर्वसाधारण नेपाली नागरिकको उपचारमा योगदान पुर्‍याउन फाउण्डेसनले आईसियू वार्ड निर्माण गरेको हो’, फाउण्डेशनले जनाएको छ ।

चौधरी फाउण्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले वीर अस्पतालमा आयोजित एक संक्षिप्त कार्यक्रमवीच कोभिड युनिफाईड केन्द्रिय अस्पताल (वीर अस्पताल)का प्रमुख कार्यकारी प्रमुख प्रा. डा. जागेश्वर गौतमलाई आईसियू वार्ड हस्तान्तरण गरेका छन् । 

वीर अस्पताल, नयाँ भवनको पहिलो तलामा नौं शय्या र दोस्रो तलामा नौं शय्याको गरि कुल १८ शय्याको आईसियू वार्ड निर्माण भएको हो । विश्व बजारमा उपलब्ध अत्याधुनिक प्रविधी प्रयोग गरेर आईसियू वार्ड निर्माण गरिएको फाउण्डेसनले जनाएको छ ।

197657621_494240945245044_2081929309220528833_n.jpg

प्रकाशित मिति : २७ जेष्ठ २०७८, बिहीबार १८:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।