यस साता पनि शेयर लगानीकर्ताहरुका लागि ऐतिहासिकक साता रहेको छ । यस साता बजारले अल टाइम हाइ इन्डेक्स (मंगलबार) २९६०.१४ अंक बनाएको थियो भने कारोबार समयमा बजारले ३ हजार माथिको विन्दु समेत चुमेको थियो ।
साताको पाँच कारोबार दिनमा दुई दिन परिसूचक बढ्दा बाँकी तीन दिन भने बजार घटेको थियो । गत साताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से २८५६.७७ अंकको विन्दुमा बन्द भएको थियो ।
यस साताको ५ कारोबार दिनमा समग्रमा नेप्से परिसूचक ८८.०१ अंकले बढेर २९४४.७८ अंकको विन्दुमा बन्द भएको छ ।
पाँच कारोबार दिनमा पाँच लाख ८३ हजार ६३९ पटकको व्यापारमा १७ करोड पाँच लाख ९० हजार ६९३ कित्ता शेयरको कारोबार हुँदा ८३ अर्ब १३ करोड ९२ लाख ७२ हजार ३६५ रुपैयाँ ४१ पैसा बराबरको कारोबार भएको छ ।
५ कारोबार दिनमा ८३ अर्ब १३ करोड रुपैयाँको कारोबार नेप्सेमा हालसम्म कै उच्च कारोबार रकम हो । अघिल्लो साता पनि ऐतिहासिक कारोबार भएको थियो । अघिल्लो साताको ५ कारोबार दिनमा ६७ अर्ब ७९ करोड ४५ लाख ४१ हजार २९५ रुपैयाँ ८७ पैसा बराबरको कारोबार भएको थियो ।
यस साता कारोबार रकम १५ अर्ब ३४ करोड ४५ लाख ३१ हजार ०६९ रुपैयाँ ५४ पैसाले धेरै हो ।
यस साता शेयर बजारको बजार पूँजीकरण पनि ऐतिहासिक रहेको छ । राज्यको कुल गृहस्थ उत्पादनलाई पछि पार्दै शेयर बजारको बजार पूँजीकरण ४० खर्ब ९२ अर्ब ८ करोड ६ लाख ४६ हजार ४८५ रुपैयाँ ५ पैसा कायम भएको छ । जुन अघिल्लो साताको तुलनामा १ खर्ब २७ अर्ब ८६ करोड ८५ लाख रुपैयाँले धेरै हो ।
साताको पाँच कारोबार दिनमा कुन दिनको कारोबार कस्तो ?
आइतबार
आाइतबार शेयर बजार परिसूचक नेप्से ५०.१४ अंकले बढेर २९०६.९१ अंकको अल टाईम हाई विन्दुमा बन्द भएको थियो । नेप्से परिसूचकसँगै शेयर बजारका सम्पूर्ण परिसूचकहरु साढे १ प्रतिशत भन्दा धेरैले बढेर बन्द भएका थिए । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक १.५४ प्रतिशतले बढेर ५२१.०० अंकको विन्दुमा बन्द भएको थियो ।
आइतबार दुई सय १८ कम्पनीको एक लाख ७१ हजार ०६० पटकको कारोबारमा तीन करोड ७४ लाख ५५ हजार १८९ कित्ता शेयरको खरिदविक्री हुँदा १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५२४ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको थियो । आइतबार निफ्राको सर्वाधिक १० हजार ३८१ पटकको कारोबारमा १४ लाख ७८ हजार ८८५ कित्ता शेयरको खरिदविक्री भएको थियो । कारोबार रकमका आधारमा भने नेपाल पुनर्बीमा कम्पनीकोमात्र १ अर्ब २१ करोड १४ लाख ५६ हजार ९४६ रुपैयाँ बराबरको कारोबार भएको थियो । १.७६ प्रतिशतले बढेको बजारमा ७५ कम्पनीको शेयर मूल्य बढ्दा एक सय २ कम्पनीको शेयर मूल्य घटेको थियो । बाँकी ४ कम्पनीको मूल्य भने स्थीर रहेको थियो ।
सोमबार
सोमबार शेयर बजार परिसूचक नेप्सेमा सामान्य करेक्शन देखिएको थियो । सोमबार ०.२१ अंकले घटेर २९०६.७० अंकको विन्दुमा बन्द भएको थियो । नेप्से परिसूचकमा गिरावट आएसँगै शेयर बजारका सम्पूर्ण परिसूचकहरु राताम्मे देखिएका थिए । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि ०.३८ अंकले घटेर ५२०.६४ अंकमा बजार बन्द भएको थियो ।
सोमबार दुई सय २१ कम्पनीको एक लाख ५१ हजार ९४२ पटकको व्यापारमा तीन करोड ५४ लाख ७४ हजार ४१४ कित्ता शेयरको खरिदविक्री हुँदा १५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार ६२ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको थियो । सोमबारको बजार बन्द हुँदा नेप्सेको बजार पुँजीकरण ४० खर्ब ३५ अर्ब ३७ करोड ८९ लाख ८२ हजार ३३४ रुपैयाँ ५ पैसा कायम भएको थियो । ०.०१ प्रतिशतले घटेको बजारमा ९१ कम्पनीको शेयर मूल्य बढ्दा ८७ कम्पनीको शेयर मूल्य घटेको थियो । बाँकी ३ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो ।
मंगलबार
मंगलबार एकैदिन शेयर बजार परिसूचक नेप्से ५३.४४ अंकले बढेर २९६०.१४ अंकको अल टाईम आइृ विन्दुमा बन्द भएको थियो । एक प्रतिशत भन्दा धेरैले बढेको बजारमा शेयरबजारका सम्पूर्ण परिसूचकहरु १ प्रतिशत भन्दा धेरैले बढेका थिए । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पनि १.४३ प्रतिशतले उकालो लाग्दै ५२८.११ अंकको विन्दुमा बन्द भएको थियो ।
मंगलबार २ सय १८ कम्पनीको १ लाख ४९ हजार ७०८ पटकको व्यापारमा ३ करोड ५७ लाख ४२४ कित्ता शेयरको खरिदविक्री हुँदा १६ अर्ब ९५ करोड १३ लाख २० हजार ६४० रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार बजार बन्द हुँदा नेप्सेको बजार पुँजीकरण ४१ खर्ब ९ अर्ब ५७ करोड २५ लाख ८८ हजार ८५८ रुपैयाँ ५ पैसा कायम भएको थियो । १.८४ प्रतिशतले बढेको बजारमा एक सय २३ कम्पनीको शेयर मूल्य बढ्दा ५२ कम्पनीको शेयर मूल्य घटेको थियो । बाँकी ६ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो ।
बुधबार
बुधबार शेयर बजारमा दोहोरो अंकको करेक्शन आएको छ । अल्पकालीन लगानीकर्ता हाबी हुदाँ शेयर बजार परिसूचक नेप्से १३.५६ अंकले घटेर २९४६.५८ अंकको विन्दुमा बन्द भएको थियो । शेयर बजार घट्दा बजारका सम्पूर्ण परिसूचकहरु राताम्मे देखिएका थिए । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक २.८३ अंकले घटेर ५२५.२८ अंकको विन्दुमा बन्द भएको थियो ।
बुधबार २ सय २१ कम्पनीको एक लाख ५५ हजार २३९ पटकको व्यापारमा ३ करोड १३ लाख ५४ हजार ०२२ कित्ता शेयरको खरिदविक्री हुँदा १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार ७०३ रुपैयाँ ४१ पैसा बराबरको कारोबार भएको थियो । बुधबारको बजार बन्द हुँदा नेप्सेको बजार पूँजीकरण ४० खर्ब ९० अर्ब ७४ करोड ३५ लाख ६ हजार १०५ रुपैयाँ ५ पैसा कायम भएको थियो । ०.४६ प्रतिशतले घटेको बजारमा ६० कम्पनीको शेयर मूल्य बढ्दा ११६ कम्पनीको शेयर मूल्य घटेको थियो । बाँकी ६ कम्पनीको मूल्य भने स्थीर रहेको थियो ।
बिहीबार
बिहीबार शेयरबजारमा सामान्य करेक्शन देखिएको थियो । बिहीबार शेयर बजार परिसूचक नेप्से १.८० अंकले घटेर २९४४.७८ अंकको विन्दुमा बन्द भएको थियो । शेयर बजार घट्दा शेयर बजारका अन्य परिसूचकहरु मिश्रित देखिएका थिए । क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक २.५९ अंकले बढेर ५२७.८८ अंकको विन्दुमा बन्द भएको थियो । बिहीबार २ सय २० कम्पनीको १ लाख ५५ हजार ६९० पटकको कारोबारमा ३ करोड ६ लाख ६ हजार ६४४ कित्ता शेयरको खरिदविक्री हुँदा १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३५ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको थियो । ०.०६ प्रतिशतले घटेको बजारमा ९० कम्पनीको शेयर बढ्दा ८९ कम्पनीको शेयर घटेको छ । बाँकी ३ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको थियो ।

















प्रतिक्रिया