Logo

कोभिड खोप दुरुपयोग : सिन्धुली महासंघको सिफारिसमा पत्रकारका आफन्तले लगाए खोप



नेपाल पत्रकार महासंघ सिन्धुलीका सचिव पुष्कर थापाले गत शुक्रवार एक सूचना जारी गर्दै कोरोना विरुद्धको खोप लगाउन अनुरोध गरेका थिए । जारी सूचना अनुसार जिल्ला खोप समन्वय समिति सिन्धुलीको मिति २०७८ ज्येष्ठ २७ गतेको निर्णय अनुसार नेपाल पत्रकार महासंघ सिन्धुलीमा आबद्ध पत्रकारहरूलाई पहिलो चरणको खोप दिने कार्यक्रम रहेको थियो ।

स्वास्थ्य कार्यालय सिन्धुली, सिद्देश्वर खोप केन्द्र माढिबजारमा सञ्चालित उक्त खोप कार्यक्रममा पत्रकारका नाममा आफन्त, नातागोता र परिवारका सदस्यलाई खोप लगाएको पाइएको हो । पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष टिकाजंग थापा र सचिव पुष्कर थापाको मिलेमतोमा लक्षित समूह भन्दा बाहिरका आफन्तलाई खोप लगाइएको नाम नबताउने शर्तमा एक स्थानीय पत्रकारले आरोप लगाए । उनका अनुसार पत्रकार महासंघको सिफारिसमा आफू आबद्ध मिडियाको परिचय पत्रका आधारमा खोप दिने भनिएको थियो तर उपाध्यक्ष र सचिवले उक्त खोप केन्द्रमा नै बसेर महासंघको लेटर हेडमा नभई सादा पेपरमा केरमेट गरेको सूचि उपलब्ध गराएका थिए । साथै अधिकांश आफन्तलाई खोप लगाउनका निम्ति जिल्लामा रहेका कुनै न कुनै मिडियाले सोही दिन पत्रकारको परिचय पत्र उपलब्ध गराई दिएको समेत पाइएको छ ।

 वडा-स्वास्थ्य संस्थाको लक्षित समूहको विवरण अद्यावधिक गर्ने फारम (प्राथमिकता १ (क) लाई आधार मान्ने हो भने पनि खोप लगाउनको निम्ति १ देखी १६ नम्बर समूह भित्र पर्नु पर्ने हुन्छ । यसै गरी जो व्यक्ति खोप लगाउन जाने हो सो व्यक्तिको लक्षित समूहको पहिचान खुल्ने नेपाल सरकारले जारी गरेको कागजात आवश्यक पर्दछ ।

नेपाल पत्रकार महासंघ सिन्धुलीमा हाल ८१ जना सदस्यहरू रहेका छन् । पत्रकार महासंघ आबद्ध सबै सदस्यहरूको उपस्थिति नहुँदा पनि खोप लगाएको तथ्यांक हेर्ने हो भने ९९ जना रहेका छन् । पत्रकार लक्षित खोप कार्यक्रमको तथ्यांकलाई नियाल्ने हो भने पत्रकार महासंघका पदाधिकारीका श्रीमती लगायत आफन्त, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सरकारी कर्मचारी, गैरसरकारी संस्थामा आबद्ध व्यक्तिहरूले खोप लगाएको पाइएको छ । अझ चाखलाग्दो विषय त के छ भने तथ्यांकको ९४ औ नम्बरमा खोप लगाउन गएका काँग्रेसका जिल्ला नेता दीपक मिश्रको पहिचान खुल्ने कागजातको कोलममा “अस्पतालका अध्यक्षद्वारा मौखिक सिफारिस÷टिकाजंग थापा” भनेर प्रस्ट उल्लेख गरिएको छ । 

पत्रकार लक्षित समूह अन्तर्गत खोप लगाएकाहरूको विवरण

१ लक्ष्मण घिमिरे
२ गणेश दर्जी
३. जि.वि. श्रेष्ठ
४. वि. वि. विश्वकर्मा
५. नवराज श्रेष्ठ
६. विदुर पौडेल
७. श्यामहरी अधिकारी
८. प्रशंसा दाहाल
९. दिपा भण्डारी
१०. अर्जुन गजुरेल
११ बाबुराम देवकोटा
१२ कल्पना भुजेल
१३ राजन बि.क.
१४ ललिता हायु
१५ शर्मिला खड्का
१६ प्रतिक्षा कार्की
१७ गिता घिमिरे
१८ अनिल भण्डारी
१९ शन्तोष बुढाथोकी
२० मनोज मोक्तान
२१ मनोज दाहाल
२२ नेत्र बिक्रम थापा
२३ अन्जन राना
२४ समिर भट्टराई
२५ कर्ण बहादुर कार्की
२६ मेनुका बुढाथोकी
२७ पुष्पा सुनुवार
२८ सरस्वती आछामी
२९ विनोद रायमाझी
३० यसोदा राउत
३१ पवन राउत
३२ देवीका कुमारी आले
३३ रेवती दाहाल
३४ अन्जु डिमदोङ तामाङ
३५ संगिता डिमदोङ
३६ बोध ब. किङरिङ
३७ रमा देवी फुयाँल
३८ दिनेश काफ्ले
३९ भिम ब. घिसिङ
४० महेश ठटाल
४१ सौगात रायमाझी
४२ रेशम जोगी
४३ शिव हरि कार्की
४४ जित बहादुर कार्की
४५ एम प्रसाद चौलागाई
४६ उज्वल प्रसाद न्यौपाने
४७ नविन श्रेष्ठ
४८ नवराज कोइराला
४९ कृन्जला पुलामी मगर
५० रुक्मिनि पोखरेल
५१ उमा पौडेल
५२ सुजता लामा
५३ सरला सुनुवार
५४ सूमित्रा नेपाली
५५ जानुका कोइराला
५६ बिनिता बि. क.
५७ राम कुमार विश्कर्मा
५८ भक्त बहादुर कार्की
५९ कृष्ण लामिछाने
६० निशा बुढाथोकी
६१ कुमारी सरिता थापा
६२ बाल कुमारी श्रेष्ठ
६३ मिना कुमारी आचार्य
६४ अर्चना पोखरेल
६५ प्रमोद भुजेल
६६ शन्तोष दियाली
६७ पोष्टराज भण्डारी
६८ संजित कार्की
६९ रविन्द्र भट्टराई
७० रोहित कु. गुरुङ
७१ गंगाराम कार्की
७२ लक्ष्मण खड्का
७३ दिपेन्द्र बु्ढाथोकी
७४ चन्द्रकला कोइराला
७५ बासिका भुजेल
७६ तुल्सा थापा
७७ वाई पि. विनय
७८ अनिसा मंग्राती
७९ मान बहादुर घलान
८० सुजन कोइराला
८१ खड्क कुमारी कार्की
८२ तारानाथ घिमिरे
८३ तिर्थराज तिमल्सीना
८४ मेघ बहादुर खत्री
८५ नवराज थापा
८६ मनिषा गौतम
८७ पुस्कर थापा
८८ आर्जू दाहाल
८९ बरुण लामिछाने
९० सहदेव भण्डारी
९१ नवराज गजुरेल
९२ वेदराज दाहाल
९३ विमला कुमारी काफ्ले
९४ दीपक मिश्र
९५ भरत बि.क.
९६ गोविन्द्र खड्का 
९७ विनिता शर्मा खड्का
९८ शंकर राज भण्डारी
९९ श्रीमन तामाङ

अरूलाई खबरदारी गर्ने पत्रकारहरूले नै नियम विपरीत कार्य गर्नु दुर्भाग्य पूर्ण रहेको स्थानीयको भनाई छ ।  लक्षित समूह र स्थानीय बासिन्दा यसको प्रभावकारिताबारे अनभिज्ञ हुँदा खोप दुरुपयोग गरिएको गुनासो बढेको छ । 

सिन्धुली जिल्लामा मापदण्ड भन्दा बाहिर रहेर कर्मचारीको घरमै खोप केन्द्र सञ्चालन गर्दै आफन्त, नातागोता र पहुँचवालालाई खोप दिएको समाचार यस अघि पनि प्रकाशित भइसकेको छ । 

यसै सन्दर्भमा अनलाइनपनासँग कुरा गर्दै पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्ण हरि घिमिरेले भने “म त उपस्थित थिइन । फ्रन्टलाइनमा खटिएका पत्रकारहरूलाई खोप लगाउने कुरा थियो । साथीहरूले २/४ जना आफन्तहरूलाई पनि लगाइदिएछन् । मैले यसलाई ठुलो अपराधको रूपमा लिएको छैन ।”

तर खोप दुरुपयोगमा संलग्न रहेको आरोप खेपिरहेका महासंघका उपाध्यक्ष टिकाजंग थापाले भने अध्यक्ष घिमिरेको कुरामा विरोध गर्दै आफ्नो बचाउ गरेका छन् उनले भने “हामीसँग १०० वटा खोप थियो सञ्चारकर्मी, मिडिया हाउस भित्र बस्ने बाहिर नदेखिने, रेडिर्योकर्मि साथीहरू गर्दा ६०/६५ पुगेको थियो । त्यस पछि कर्मचारीले तथा सञ्चालकहरूलाई पनि समावेश गरेका हौ । “आफन्तलाई लगाइएको हैन ।”

खोपको मापदण्ड अनुसार १ देखी १६ समूहमा को-को पर्दछ ?
१. स्वास्थ्यकर्मी 
२. स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, 
३. महिला स्वास्थ्य स्वयम् सेविका 
४. सरसफाइकर्मी 
५. एम्बुलेन्स तथा शव बाहान चालक 
६. शव व्यवस्थापनमा खटिने तथा अन्य सुरक्षाकर्मी 
७.  आश्रममा रहेका व्यक्ति तथा हेरचाह गर्ने व्यक्ति 
८. जेलमा रहेका कैदी तथा कर्मचारीहरू 
९. अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा कार्यरत कर्मचारीहरू 
१०. ७५ वर्ष भन्दा माथिका ज्येष्ठ नागरिक 
११. ५५ देखि ७४ वर्षका नागरिक 
१२. ४० देखि १४ वर्ष सम्मका दीर्घ रोगी, (तोकिएका दीर्घ रोग भएका अन्य व्यक्ति) 
१३. वैदेशिक रोजगारबाट नेपाल फर्केका र नेपालमा रहेका शरणार्थी 
१४. ४० देखि ५४ वर्ष सम्मका नागरिक 
१५. १५ देखी ३९ वर्ष सम्मका नागरिक 
१६. अन्य 

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १६:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।