Logo

लुम्बिनी प्रदेशले ल्यायो ४० अर्ब ९५ करोड ९७ लाखको बजेट



रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले पेस गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पुँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख विनियोजन गरिएको छ ।

स्थानीय तहमा वित्तिय हस्तान्तरणका लागि ४ अर्ब ८४ करोड २३ लाख ९६ हजार रूपैयाँ विनियोजन गरिएको छ । गत वर्ष ३७ अर्ब ३५ करोडको बजेट सार्वजनिक गरिएको थियो ।

 

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १७:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।