सिन्धुपाल्चाेकमा मेलम्ची र ईन्द्रावती नदीमा आएको भीषण बाढीले तान्डब मच्चाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले अन्तर्राष्ट्रिय समुदायसँग गुहार मागेका छन्।
अबिरल वर्षासँगै मंगलबारबाट ती दुई नदीमा बाढी आउँदा ५० औँ जना बेपत्ता भएको आँकलन गरिएकाे छ। मेलम्ची खानेपानी ड्याममा समेत क्षति पुगेकाे छ भने तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ।
स्वास्थ्यमन्त्रीका अनुसार नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुुल बगाएको छ। ‘नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अर्बाैंकाे क्षति पुर्याएको छ।
‘यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्दछु । सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं । स्थानीय जनतामा जसको घर बगाएको छ वहाँहरुलाई घर हुनेहरुले आश्रय दिनुहुन अपिल गर्दछु। अन्तरास्ट्रिय समुदायलाई यो बिपत्तिमा साथ दिन अपिल गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्।

















प्रतिक्रिया