सिन्धुपाल्चोकमा मंगलबारबाट आएको बाढीपहिरोमा परी सात जनाको ज्यान गएको पुष्टि भएको छ।
मेलम्ची र इन्द्रावतीमा आएको बाढीपहिरोमा परी ५० जनाभन्दा बढी बेपत्ता भएको अनुमान स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले गरे पनि अझै यकिन हुन सकेको छैन।
बाढीपहिरोले पुल सडक क्षतविक्षत बनाएपछि नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार थालिएको छ। छतमा फसकेकाहरूको उद्धार सुरु भएको सेनाले जनाएको छ। त्यसबाहेक निजी हेलिकोप्टर पनि प्रयोग गरिएको छ।
मेलम्ची खानेपानी ड्याममा समेत क्षति पुगेकाे छ भने तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, याङ्री क्षतबिक्षत बनाएको छ।
स्वास्थ्यमन्त्रीका अनुसार नाकोते पुल, तिम्बु पुल, फट्टे पुल, मेलम्ची पुल, बाहुनेपाटी पुुल बगाएकोब छ। ‘नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अर्बाैंकाे क्षति पुर्याएको छ।















प्रतिक्रिया