तत्काल माैसममा सुधार नआउने भएकाे छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन देशभर सक्रिय रहेकाले अझै केही दिन पानी पर्नेछ।
बिहीबार बिहान देशभर बदली छ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेकाे छ।
दिउँसो देशका अधिकांश स्थानमा वर्षाको सम्भावना छ। सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
शुक्रबार पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहमा भारी वर्षाको सम्भावना छ।
शनिबार पनि देशभर बदली रहनेछ। देशका धेरे स्थानमा पानी पर्ने र प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे आँकलन गरिएकाे छ।
महाशाखाका अनुसार शनिबार राति प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।















प्रतिक्रिया