Logo

बाढीपहिरोमा ११ जनाकाे मृत्यु, २५ अझै बेपत्ता, १२९ घर बगे



मनसुनी वर्षासँगैकाे बाढीपहिराेमा परी ११ जनाको मृत्यु भएको छ।

जेठ ३१ देखि बिहीबार रातिसम्मकाे अपडेट अनुसार सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा एक-एक जनाको मृत्यु भएको हो।

 विभिन्न जिल्लामा अहिलेसम्म २५ जना हराइरहेकाे गृह मन्त्रालयले जानकारी दिएकाे छ। याे पटक बाढीले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा पुर्याएकाे छ। असार १ गते मेलम्ची खाेलामा आएकाे बाढीले मेलम्ची बजार बगर बनाएकाे छ। त्यहाँ अझै  १५ जना सम्पर्क विहीन छन् । भारी वर्षा र हावाहुरीका कारण जाजरकोटको ४ हजार ८०० मिटरको उचारमा रहेको जलजला पाटनबाट सात जना हराइरहेका छन् । यस्तै बाजुरा, प्यूठान, अर्घाखाँचीमा एक-एक जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म ११ जना घाइते रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई सेनाको हेलिकप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ । अहिले राहत, खोज तथा उद्धार कार्य जारी रहेको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए।

बिहीबार मनाङमा समेत राहत लिएर सेनाको हेलिकप्टर पुगेको जनाइएको छ। अहिलेसम्म बाढी पहिरोका कारण विभिन्न जिल्लामा १२९ घर पूर्ण र ११४ घरमा आंशिक क्षति पुगेको छ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार ०६:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।