Logo

हर्न बजाएको बिषयमा कुटपिट हुँदा २ जना घाइते 



कपिलवस्तु : बुद्धभूमि नगरपालिका-८ मधुनगरामा ट्याक्टले घर अगाडि हर्न बजाएको बिषयमा कुटपिट हुँदा  २ जना बिहीबार राति घाइते भएका छन् । 

घाइते हुनेहरुमा सोही ठाउँ बस्ने रामकुमार कहार र ३५ वर्षीय धर्मेन्द्र कहार रहेका छन् । घाइतलाई उपचारका लागि क्रिमसन अस्पताल मणिग्राम रुपन्देही पठाइएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ । लु-४ त १०८९ नम्बरको ट्याक्टरले रामकुमार कहारको घर अगाडि हर्न बजाएको विषयमा भएको विवादमा कुटपिट हुँदा घाइते भएको भन्ने खबर प्राप्त

हुनासाथ ईलाका प्रहरी कार्यालय गोरुसिङगेबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको छ । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गारिरहेको छ । 

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १८:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।