भारतकाे राजधानी दिल्लीमा उपचाररत पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार भइरहेको छ।
उनको निजी सचिवालयका अनुसार भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालकाे स्वास्थ्यमा सुधार भइरहेकाे चिकित्सकले बताएका छन्।
नेता खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनाललाई ज्वरो र खोकी निको भइसकेको छ । अक्सिजन सपोर्ट पनि हटाइसकिएको उनले उल्लेख गरेका छन्।
भट्टराईले भनेका छन्, ‘नर्मल ब्रेथिङ सिस्टममा फर्किसक्नुभएको छ। अन्य समस्याहरूको उपचार चलिरहेको छ।’
गत सोमबार नर्भिक अस्पतालमा भर्ना भएका खनालाई ‘पोस्ट कोभिड’ भएको आशंका गरिएपछि थप उपचारका लागि असार २ गते दिल्ली लगिएकाे थियाे।
प्रतिक्रिया