Logo

अर्थ

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ ९७ हजार ६ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि प्रतितोला ९७ हजार १ सय रुपैयाँमा पुगेको छ।

बिहीबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२६५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहीबार ११:१९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।