काठमाडौं । साताको तेस्रो कारोबार दिन (मंगलबार) सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार बजार परिसूचक नेप्से १६.०६ अंकले घटेर १८५५.१६ अंकमा बन्द भएको छ ।
दसैँ बिदापछि आइतबार खुलेको नेप्से ४४ अंकले वृद्धि भएर बन्द भएको थियो । तर सोमबार २७ अंकले गिरावट भएको नेप्से मंगलबार पनि घटेको हो । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३.२१ अंकले गिरावट भएर ३६३.६३ अंकमा बन्द भएको छ ।
मंगलबार व्यापार, होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसूचकमा सामान्य वृद्धि हुँदा अन्य सबै उपसूचकमा गिरावट भएको छ । यता कारोबार रकम पनि घटेर ५५ करोडमा सीमित भएको छ ।
आइतबार ८४ करोडको कारोबार भएको बजारमा सोमबार बढेर ९७ करोड पुगेको थियो । तर, मंगलबार १७ लाख ६८ हजार ६९२ कित्ता सेयर किनबेच हुँदा ५५ करोड २८ लाख १० हजारको मात्रै कारोबार भएको छ ।




















प्रतिक्रिया