Logo

वागमती प्रदेश

चितवनमा कोरोना सङ्क्रमितको मृत्यु



चितवनमा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा भरतपुर महानगरपालिका– ९ का ९० वर्षीय पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९ गते कोरोना सङ्क्रमण परीक्षण गरिएको र असोज १२ गते सङ्क्रमण पुष्टि भएका उनको घरमा नै आइसोलेसनमा बसेको अवस्थामा आज बिहान ९ः३० बजे मृत्यु भएको हो ।

 

प्रकाशित मिति : २८ आश्विन २०७७, बुधबार  २ : ४० बजे