Logo

बागमती प्रदेश

कोरोना सङ्क्रमणबाट एकै परिवारका ३ जनाको मृत्यु



भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु भएको छ । भीमाद–६ का एकै परिवारका एक बुबा र दुई छोरोको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

मृत्यु हुनेमा ९८, ७५ र ७२ वर्षीय वृद्ध रहेका छन् । ९८ वर्षीय वृद्धको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते मृत्यु भएको हो । त्यसैगरी ७५ वर्षीय वृद्धको काठमाडौंस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय वृद्धको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

९८ वर्षीय बाबु बिरामी परेपछि चितवनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उनलाई काठमाडौं लगियो । उपचारका क्रममा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना पोजेटिभ देखिएको थियो ।

योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । यस अगाडि ब्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : आश्विन २८, २०७७ बुधबार  ४ : ०० बजे