Logo

बागमती प्रदेश

काठमाडौंको सडकमा सैनिक हेलिकप्टर सडकमा गुडिरहेको देखियो



 बिहीबार राति ८ बजे काठमाडौंको सडकमा सैनिक हेलिकप्टर सडकमा गुडिरहेको देखियो । निश्चित समय उडान भरेपछि सैन्य कार्यमा प्रयोग गर्न नमिल्ने भएपछि हेलिकप्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको हो ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार एमआई १७ हेलिकप्टरलाई विमानस्थलबाट सैनिक प्रतिष्ठान, खरिपाटी लगिएको छ । पौडेलका अनुसार सिनामंगल–सल्लाघारी–जगाते हुँदै हेलिकप्टर लगिएको थियो । यसबीचमा ठाउँठाउँमा केहीवेर सवारी साधनको आवागमन समेत अबरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

हेलिकप्टरलाई लैजाने क्रममा आमनागरिकले गरेको सहयोगप्रति सैनिक सूचना तथा सम्पर्क निर्देशनालयले आभार व्यक्त गरेको छ ।यसअघि नेपाली सेनाले २७ भदौमा विमानस्थलबाट भीआईपी उडानमा प्रयोग भएको एभ्रो विमान पनि नारायणहिटीस्थित संग्राहलयमा लगेको थियो ।

Capture1.JPG

प्रकाशित मिति : आश्विन २९, २०७७ बिहीबार  ११ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।