Logo

लोकसेवा

कर्मचारीको व्यवहार कस्तो हुनुपर्छ ?



सेवाग्राहीप्रति कर्मचारीको व्यवहार र आचरण के कस्तो हुनुपर्दछ ? सेवाग्राही सेवा प्रापक हो, कर्मचारी सेवा प्रदायक हो । सेवा प्रदायकले सेवाग्राहीप्रति असल व्यवहार र आचरण प्रदर्शन गर्नुपर्दछ । जुन निम्नअनुसार हुनुपर्दछ :

– सेवाग्राहीको काम समयमै गर्नुपर्ने, समयमै काम हुन नसकेमा त्यसको आधार र कारण दिनुपर्ने,

– सेवाग्राहीप्रति मर्यादित व्यवहार गर्नुपर्ने,

– जवाफ दिँदा शिष्टतापूर्वक दिने, सेवाग्राहीप्रति उत्तरदायी रहने,

– सेवाग्राहीको हितलाई ध्यानमा राखी काम गर्ने,

– वृद्ध, अशक्त, अपाङ्गता, गर्भवती महिला, बालबालिका, असहायलाई प्राथमिकता दिनुपर्ने,

– सरल र सहज भाषामा सेवा दिने,

– सेवा प्रवाहमा सेवाग्राहीको पहुँच बढाउने,

– सेवा प्राप्तिको प्रक्रिया, लाग्ने समय, लागतबारे सेवाग्राहीलाई यथासमयमै जानकारी गराउने,

– आफ्नो पदअनुसारको आचरण पालन गर्ने,

– निष्पक्ष रूपमा गुणस्तरीय सेवा प्रवाह गर्ने,

– छिटोछरितो सेवा प्रवाह गर्ने,

– सेवा प्रवाहमा पारदर्शिता र मितव्ययिता कायम गर्ने,

– आफ्नो परिचयपत्र र तोकिएको पोसाकसहित सेवा प्रवाह गर्ने,

– कार्यालयमा वस्तु तथा सेवा प्रवाह र सूचना प्रवाह स्वतःस्फूर्त रूपमा हुने संरचना र प्रणाली स्थापना गर्ने,

– सेवा प्रवाह कार्यविधि सरल र पारदर्शी बनाउने,

– विद्युतीय सेवा प्रवाहमा जोड दिने,

– सहयोगी कार्यशैली अपनाउने ।

प्रकाशित मिति : २ पुष २०७९, शनिबार १४:५३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।