Logo

कर्पोरेट फोकस

बैंकका सीईओ केसीको ठाडो हस्तक्षेप, एनएमबी लघुवित्त संकटमा [भाग-२]



काठमाडौं । एनएमबी बैंकको हस्तक्षेप र संचालक अध्यक्षको मनोमानिले एनएमबी लघुवित्त वित्तीय संस्था चरम संकटमा पुगेको छ ।

एउटा ठुलो लघुवित्त वित्तीय संस्थाका रुपमा रहेको उक्त लघुवित्त एनएमबी बैंक लिमिटेडको सहायक कम्पनी हो । एनएमबी बैंकका सीईओ शुनील केसी र एनएमबी लघुवित्तका अध्यक्ष सञ्जीव सुब्बाबीचको मीलेमतोमा कर्जा प्रवाह हुने गरेको छ ।

एक जना ब्रान्च म्यानेजरका अनुसार – लघुवित्तमा बैंकका सिइओ केसी सरको ठाडो हस्तक्षेप रहेको बताए । जहां प्रधानकार्यलयको टीम राम्रोसंग चलेको छैन, कसरी शाखा राम्रोसंग चल्छ, जहां माथिबाट आएको आदेशका कारण अहिले हामी संकट भोग्न बाध्य छौं आफ्नो नाम उल्लेख न गर्ने शर्तमा भने ।

यता यस बिषयमा एनएमबी लघुवित्त वित्तीय संस्थाका सीईओ आनन्द पाण्डे भने तपाइहरुसंग धेरै समाचार थियो भने किन हामिलाई सोध्नुभएन ? बुज्दै नबुझी समाचार बनाएको भन्दै फोन काटे । बैंकका सीईओ केसीलाई संम्पर्क गर्दा फोन उठाएनन् ।

लघुवित्तको अधिकाँस कर्जा बैंकको निर्देशन अनुसार दिइने गरिएको छ । एनएमबी लघुवित्तको सूचांकहरुले लघुवित्त कम्पनी डुव्ने अबस्थातिर पुगेको देखाएको छ । चालु आवको पहिलो त्रैमासमा एनएमबी लघुवित्त ८० लाख १० हजार रुपैयाँ घाटामा छ ।

करिब १ लाख २२ हजारलाई सदस्य बनाएको यस लघुवित्तको अधिकाँस रकम भनसुनका आधारमा वितरण गरिएका कारण संस्था जोखिममा परेको हो । हाल यस लघुवित्तले चर्को रुपमा लगानीयोग्य रकमको अभाव झेलीरहेको छ । जसका कारण संस्थाले लामो समयदेखि कसैलाई पनि कर्जा दिन सकेको छैन । कर्जा प्रवाह गरेका कारण समस्या उत्पन्न भएको छ ।

संस्थाले वितरण भएको कर्जा फिर्ता ल्याउन सकेको छैन । संस्थामा विवाद उत्पन्न भएसँगै फेरि पनि एनएमबि बैंककै ठाडो हस्तक्षेपमा निमित्त प्रमुख कार्यकारी अधिकृतको पदमा बिरुराम जैशीलाई नियुक्त गरिएको छ ।

उनी एनएमबि बैंकका प्रदेश प्रमुख पदमा रहेर काम गर्दै आएका कर्मचारी हुन् । कर्जा प्रवाहमा संचालकको ठाडो निर्देशनले यस अघि कर्मचारीहरु हैरानी हुने गरेका थिए । कर्जा प्रवाह वा कुनै पनि कार्यमा संचालकको निर्देशन राष्ट्र बैंकको नीति विपरीत मानिन्छ । हाल उक्त लघुवित्तमा सञ्जीव सुब्बा अध्यक्ष छन् ।

घाटामा रहेको एनएमबी लघुवित्त चरम संकटमा

प्रकाशित मिति : १७ पुष २०७९, आईतवार १२:०३   :  बजे

6.4K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।