नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा दयाराम शर्मा नियुक्त भएका छन् ।
कम्पनी सञ्चालक समितिको बैठकबाट शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरिएको हो । नेपाल राष्ट्र बैंककी डेप्युटी गभर्नर डा. नीलम ढुंगाना तिम्सिनासँग आजको औपचारिक कार्यक्रममा शर्माले अध्यक्ष पदको सपथ ग्रहण गरेका छन् ।
तत्कालीन अध्यक्ष रामबहादुर मानन्धरको नेपाल राष्ट्र बैंकभित्र विभाग परिवर्तन भएपश्चात शर्माले क्लियरिङ हाउसमा प्रतिनिधित्व गरेका हुन् ।
नेपाल क्लियरिङ हाउसको सञ्चालक समितिमा राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि छन् ।
एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणाली स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्द्धित कम्पनी हो ।
यसको एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्टआईपीएस, कर्पोरेटपे, कनेक्टआरटीजीएस, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) तथा नेसनल पेमेन्ट स्विचअन्तर्गत रिटेल पेमेन्ट स्विच (आरपीएस)माफृत नेपालपे क्यूआर र नेपालपे ट्यापलगायतका विभिन्न प्रणाली, च्यानल, प्लेटफर्म तथा उपकरणहरु सञ्चालन गर्दै आएको छ ।




















प्रतिक्रिया