फागुन महिनामा वाणिज्य बैंकहरुले ब्याजदर स्थिर राखेका छन् भने विकास बैंकहरुले घटाएका छन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को गत माघ २६ गते बसेको बैठकले फागुनमा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । सोहीअनुसार आज वाणिज्य बैंकहरुले फागुनको ब्याजदर प्रकाशित गरेका छन् ।
फागुनमा वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, रेमिट खाताको चाहिँ १२ प्रतिशत र ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरेको छ ।
यसअघि माघमा वाणिज्य बैंकहरुले व्यक्तिगततर्फ मुद्दति निक्षेपको पुसमा कायम ब्याजदरलाई ९.३३८ प्रतिशतले घटाउने निर्णय गरेका थिए । जसअनुसार माघमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, रेमिट खाताको चाहिँ १२ प्रतिशत र ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको थियो ।
उता विकास बैंकहरुले घटाएर फागुनको ब्याजदर प्रकाशित गरेका छन् । विकास बैंकहरुले माघ महिनामा कायम ब्याजदरमा फागुनमा ०.२५ प्रतिशतले घटाएका छन् । फागुनमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा ११.७५ प्रतिशत, संस्थागतर्फ ९.७५ र रेमिट्यान्समा १२।७५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
विकास बैंकहरुले माघमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतमा १२ प्रतिशत, संस्थागतर्फ १० र रेमिट्यान्समा १३ प्रतिशत ब्याजदर दिँदै आएका थिए ।




















प्रतिक्रिया