आइएमई पेमार्फत ग्राहकले सजिलैसँग आफ्नो ट्राफिक जरिवाना भुक्तानी गर्न मिल्ने सुविधा थपिएको छ ।
ग्राहकलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी जस्तै– कर भुक्तानी, लोकसेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सकिनेछ ।
ग्राहकले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ उक्त सुविधा जारी गरिएको हो ।
ट्राफिक फाइन तिर्नका लागि ग्राहकले आइएमई पेको एपमा गभर्नमेन्ट सेवामा गई सूचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गन सक्नेछन् ।




















प्रतिक्रिया