Logo

कर्पोरेट फोकस

आइएमई पे अब सजिलै ट्राफिक जरिवाना तिर्न मिल्ने



आइएमई पेमार्फत ग्राहकले सजिलैसँग आफ्नो ट्राफिक जरिवाना भुक्तानी गर्न मिल्ने सुविधा थपिएको छ ।

ग्राहकलाई विभिन्न सेवाहरुको सहज भुक्तानी सेवा प्रदान गर्दै आएको आइएमई पे एपले अब सरकारी तहमा गर्नुपर्ने भुक्तानी जस्तै– कर भुक्तानी, लोकसेवाको भुक्तानी गर्न, ट्राफिक फाइन भुक्तानी गर्न सकिनेछ ।

ग्राहकले लामो लाइनमा बसी फाइन तिर्न नपरोस् भन्ने उद्देश्यका साथ उक्त सुविधा जारी गरिएको हो ।

ट्राफिक फाइन तिर्नका लागि ग्राहकले आइएमई पेको एपमा गभर्नमेन्ट सेवामा गई सूचीमा देखाइएको ट्राफिक फाइनमा गइ मागिएको विवरण भरेर सजिलैसँग फाइन भुक्तानी गन सक्नेछन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार २१:५२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।