Logo

कर्पोरेट फोकस

सिटिजन्स बैंक र ओरिएन्ट क्याफेबीच सम्झौता



सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको दरबारमार्गस्थित ओरिएन्ट क्याफेबीच सम्झौतमा हस्ताक्षर भएको छ ।

सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई क्याफेमा विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीअनुसार सिटिजन्स बैंकका कार्ड होल्डरले ओरिएन्ट क्याफेमा १५५ सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार २१:२२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।