Logo

जनप्रतिनिधि

गोलञ्जोर गाउँपालिका भ्रष्टाचार काण्ड : उपाध्यक्षको बचाउमा माओवादी केन्द्रले जारी गर्यो प्रेस विज्ञप्ति



सिन्धुली । गोलञ्जोर गाउँपालिकामा भ्रष्टाचार गरेको तथ्यसहितको समाचार बाहिरिएपछि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको गोलञ्जोर गाउँपालिका कमिटीले उपाध्यक्ष र अध्यक्षको बचाउमा प्रेस विज्ञप्ति जारी गरेको छ ।

प्रेस विज्ञप्तिमा गाउँपालिका लेखा समिति संयोजकले राजनीतिक पूर्वाग्रह राखेर भ्रामक अभिव्यक्ति दिएको जनाइएको छ। गाउँपालिकाका लेखा समिति संयोजक दौलत कार्कीले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मिलेर नीतिगत भ्रष्ट्राचार गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेका थिए । माओवादी केन्द्रको गोलञ्जोर गाउँपालिका कमिटीले भने लेखा समितिको प्रेस विज्ञप्ति ‘कापोलकल्पित’ भएको आरोप लगाएको छ । उसले लेखा समिति संयोजकको कार्य ‘गैर जिम्मेवार र गैरराजनीतिक’ भएको संज्ञा दिएको छ ।

याे पनि पढ्नुहाेस्

स्थानीय तहमा भ्रष्टाचार : गोलञ्जोर गापा अध्यक्ष र उपाध्यक्षले लिन्छन् कानूनले तोकेभन्दा बढी भत्ता

विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस गोलञ्जोर गाउँपालिका कार्यसमितिको समेत राजनीतिक आग्रह/पूर्वाग्रही ढंगले हाम्रो नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र सिन्धुलीको जिल्ला सचिव एवम् गोलञ्जोर गाउँपालिकाको निर्वाचित उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकारलाई समेत मुछि राजनैतिक दुरासयुक्त कपोलकल्पित भ्रामक अभिव्यक्तिप्रति हाम्रो पार्टी घोर भर्त्सना गर्दछ ।’

अनलाइन पानाले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष मिलेर नयाँ गाडीको डेकोरेशन र इन्धनमै भ्रष्टाचार गरेको प्रमाणसिहत समाचार सम्प्रेशण गरेको थियो ।

थप पढ्नुहाेस्

सिन्धुलीको गोलञ्जोर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिरुद्व नीतिगत भ्रष्टाचारको आरोप

गोलञ्जोर गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा गाडी डेकोरेसन र इन्धनमै भ्रष्टाचार

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार ११:२६   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।