Logo

कैदीलाई खसी उपहार



नेपाल तरुण दल संखुवासभाले जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई खसी उपलब्ध गराएको छ । नेपालीको महान् चाड बडादशैँका अवसरमा तरुण दलले १३० कैदीबन्दीका लागि ३० किलो बराबरको खसी उपलब्ध गराएको हो । 

तरुण दल संखुवासभाका जिल्ला अध्यक्ष टकमान घलेले कारागारका जेलर विनोद अधिकारीलाई खसी हस्तान्तरण गर्नुभयो । विभिन्न घटनामा संलग्न भएर कानूनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीबन्दीलाई सम्झिएको तरुण अध्यक्ष घलेले बताउनुभयो ।

 खसी उपहार दिन कारागार पुगेका तरुण अध्यक्ष घले, नेपाल पत्रकार महासंघ संखुवासभाका सभापति इन्द्रकुमार गिरीलगायतलाई कैदीबन्दीले आफूले बुनेको ढाकाटोपी उपहार दिएर पठाएका छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार १५:४८   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।