स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका–३, ठाँटीमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा स्कुटर चालक ३९ वर्षीया रेवती गुरुङको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीका अनुसार आज दिउँसो करिब २ः३० बजे राङखोला–बिरुवा सडकखण्डअन्तर्गत ठाँटीमा स्कुटर अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको थियो।
ग२६प १३५० नम्बरको स्कुटर दुर्घटना हुँदा पछाडि सवार मृतककी १६ वर्षीया छोरी गुञ्जन गुरुङ भने सकुशल रहेकी छन्।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय स्याङ्जा र ट्राफिक प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी पुगेपछि अवरुद्ध सडक पुनः सञ्चालनमा आएको सूचना अधिकारी अवस्थीले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















प्रतिक्रिया