Logo

जनप्रतिनिधि

गोलञ्जोर गाउँपालिका प्रशासकीय अधिकृतमाथि कुटपिट भएको आरोप

आरोपी भन्छन, जाँड खाएर आएका रहेछन , प्रहरीलाई बुझायौं



सिन्धुली । सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले नीति तथा कार्यक्रम पारित गर्ने विषयमा विवाद हुँदा प्रमुख प्रशासकीय अधिकृतमाथि वडा नम्बर २ का वडा अध्यक्ष दौलत कार्कीले हातपात गरेको आरोप लागेको छ ।

प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद पौडेलमाथि वडा अध्यक्ष दौलत कार्कीले हातपात गरेका आरेप लागेको हो । तर वडा अध्यक्ष कार्कीले भने पौडेल जाँड खाएर पालिका आएको र जथाभावी बोलेका कारण पक्राउ गरेर प्रहरीकोमा पठाएको बताए । पौडेललाई फोन सम्पर्क गर्दा उनको फोनमा सम्पर्क हुन सकेन ।

गोलञ्जोर गाउँपालिकाका अध्यक्ष शंकर बरालले भने पालिकामा नीति तथा कार्यक्रम पारित गर्ने क्रममा दौलत कार्कीबाट प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात भएको बताए ।

उनले भने, ‘गत साल उहाँहरुले जबरजस्ती गरेर पैसा भागबण्डा गरेर ८०/८० लाख लैजानुभयो । मैले छोडिदिए । अब नयाँ नयाँ थिएँ । गर्ने विकास नै हो भनेर छोडियो । जनताहरुले टनेल माग्दा पनि मैले दिन सकिँन । यसपाली पैसा पनि घटेर आयो। अन्त पनि मैले बुझेँ । कहीँ पन्ध्र लाख, कहीँ बीस लाख दिएको रहेछ गाउँपालिकाले । मैले भइगयो, ४० लाखको सिलिङ लानू भनेको थिएँ । त्यो विषयमा उहाँहरु असहमत हुनुहुन्थ्यो । मैले गएको १० गते सभा आह्वान गरेको थिएँ । नीति तथा कार्यक्रम पेश गरेँ । पैसा कम दिएको बहानामा उहाँहरुले बैठक बहिस्कार गर्नुभयो । फेरिब १२ गते पनि बैठक बोलाएको थिए । त्यो बैठक पनि बहिस्कार गर्नुभयो । आज बोलाएको बैठक पनि उहाँले बहिस्कार गर्नुभयो । स्थानीय सरकार सञ्चालन ऐन अनुसार तीन पटक लगातार बैठकमा अनुपस्थित भए पछि २५ प्रतिशतको सहभागितामा स्वतः विद्येयक पास हुन्छ भनेको छ भनेर यहीँ विषयमा म सहयोग गर्छु भनेपछि उहाँमाथि आक्रमण भयो ।’

तर कार्कीले भने आफूले हातपात पनि नगरेको र विद्येययक पनि पारित नभएको बताए । उनले भने, ‘आज हाम्रो तेह्रौ गाउँसभा थियो । प्रमुख प्रशासकीय अधिकृत मातेर आउनु भएको रहेछ । उहाँले हामी सभाका सदस्यमाथि जथाभावी बोल्नुभयो । त्यसपछि उहाँलाई मापासे गर्नुहोस् भन्दा उहाँले टेर्नुभएन । उहाँ भाग्न खोनुभयो । अनि हामीले प्रहरी बोलाएर पठाएका हौं । घटना त्यही हो । त्यो नबुझेर अरु माओवादी एमालेका साथीहरुले हामीले कुट्यौं, पिट्यौं भनेर प्रचार गर्नुभएको छ ।’

पालिकामा गएको तीन चार महिनादेखि निर्वाचित प्रतिनिधिबीच भ्रष्टाचारको विषयमा आरोप प्रत्यारोपको जुहारी चलिरहेको छ। गएको तीन दुई महिना अघि गोलञ्जोर गाउँपालिका वडा नम्बर २ का अध्यक्ष दौलत कार्कीले गाउँपालिका अध्यक्ष शंकर बराल र उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने पुकारले गाडी खरिद, इन्धन खरिदमा भ्रष्टाचार गरेको आरोप लगाएसँगै गोलञ्जोर गाउँपालिकाको दैनिक प्रशासनिक काममै अस्थिरता आएको छ ।

स्थानीय निकायहरुले अहिलेसम्म नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने भए पनि सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले अझै नीति तथा कार्यक्रम पारित गर्न नसकेको हो । गाउँपालिकाका अध्यक्ष शंकर बरालका अनुसार अघिल्लो आर्थिक वर्षमा वडाहरुलाई ८० लाख बजेटको सिलिङ दिए पनि यस वर्ष भने बजेट नै कम आएका कारण ४० लाखको सिलिङ दिने निर्णय भएसँगै नीति तथा कार्यक्रम पारित गर्न सबै गाउँसभा सदस्यहरु मञ्जुर नभएका कारण विवाद भएको हो ।

पालिका अध्यक्ष बरालले भने आजसहति तीन पटक नीति तथा कार्यक्रम पारित गर्न बैठक बोलाउँदा पनि सफल नीति तथा कार्यक्रम पारित गर्न केही गाउँसभा सदस्यहरुको बिरोध भएको तर स्थानीय सरकार सञ्चालन ऐनअनुसार २५ प्रतिशत सदस्यको सहभागितामा नीति तथा कार्यक्रम पारित भएको बताए । तर वडा नम्बर २ का अध्यक्ष दौलत कार्कीले भने नीति तथा कार्यक्रम पारित नभएको बताए ।

गोलञ्जोर गाउँपालिका अध्यक्ष र उपाध्यक्षद्वारा गाडी डेकोरेसन र इन्धनमै भ्रष्टाचार

गोलञ्जोर गाउँपालिका भ्रष्टाचार काण्ड : उपाध्यक्षको बचाउमा माओवादी केन्द्रले जारी गर्यो प्रेस विज्ञप्ति

सिन्धुलीको गोलञ्जोर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबिरुद्व नीतिगत भ्रष्टाचारको आरोप

गोलञ्जोर गापा अध्यक्ष र उपाध्यक्षले पत्रकारलाई जथाभावी पैसा बाँडेर भ्रष्टाचार लुकाएको आरोप

स्थानीय तहमा भ्रष्टाचार : गोलञ्जोर गापा अध्यक्ष र उपाध्यक्षले लिन्छन् कानूनले तोकेभन्दा बढी भत्ता

प्रकाशित मिति : असार १४, २०८० बिहीबार  ७ : ५४ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।