Logo

आईपीएल : कोलकत्तामाथि पञ्जाबको शानदार जित



इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले कोलकाता नाइट राइडर्सलाई हराएको छ ।सारजहा मैदानमा राति सकिएको खेलमा पञ्जाब ८ विकेटले विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकोत्ताले दिएको १ सय ५० रनको लक्ष पन्जाबले १८ ओभर ५ बलमा २ विकेटको क्षतिमा भेट्टायो ।

यसअघि कोलकोत्ताले ९ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । जितसँगै १२ अंक जोडेर पञ्जाब चौथो स्थानमा उक्लिएको छ भने १२ अंक नै भएपनि रनरेटका आधारमा कोलकोत्ता पाँचौ स्थानमा झरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलवार ०८:२८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।