अध्ययनका लागि चन्द्रमामा पठाइएको इजरायलको अन्तरिक्षयान चन्द्रमाको सतहमा कहिले दुर्घटना भयो ?
👉२०१९ अप्रिल १२
(नोट – इजरायलको “बेरेसिट” नामक यान मौसमको खराबीका कारण चन्द्रमाको सतहमा विस्फोट भएको हो ।)
नेपाल साप्ताहिकले “वर्ष व्यक्ति २०७५” कसलाई घोषणा गर्यो ?
👉दुर्गादेवी पन्त (कञ्चनपुर), निर्मला पन्तकी आमा
प्रदेश नम्बर ४ को नाम गण्डकी प्रदेश नामकरण कहिले भयो ?
👉२०७५ असार २२
कुसुन्डा जातिबाट पहिलोपटक नागरिकता प्राप्त गर्ने व्यक्ति को हुन् ?
👉राजामामा कुसुन्डा
नेपालको वर्तमान संविधानअनुसार नेपालको राजधानी काठमाडौं हुनेछ भनी कतिऔँ धारामा उल्लेख गरिएको छ ?
👉धारा २८८
राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कार २०७५ बाट सम्मानित हुने कृषक को हुन् ?
👉राजेन्द्रराज पन्त
पर्वतारोही डन वार्गोस्कीका अनुसार ७,१६२ मिटर अग्लो वरुणत्से हिमालमा पुग्ने कुकुरको नाम के हो ?
👉मेरा (पोथी कुकुर) (नोभेम्बर ९, २०१८ मा उक्त कुकुर वरुणत्से हिमाल पुगेको हो ।)
पश्चिमी अफ्रिकी देश टोगोको राजधानी कहाँ रहेको छ ?
👉लोम (नोट -टोगो नेपालसँग कूटनीतिक सम्बन्ध कायम गर्ने १६४ औँ राष्ट्र हो ।)
बाह्रौँ राष्ट्रिय बौद्ध सम्मेलन कहाँ सम्पन्न भयो ?
👉लमजुङ (२०७५ चैत्र २४ गते)
राष्ट्रिय विकास परिषद् २०७५ को गठन कहिले भयो ?
👉२०७५ चैत्र ८(नोट – राष्ट्रिय योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७४ को व्यवस्थाअनुसार गठन भएको ।)
हालसम्मको रेकर्डअनुसार सबैभन्दा वृद्ध फुटबल खेलाडी को हुन् ?
👉इन्साक खायिक (इजरायल)
(नोटः–७३ वर्षीय खायिक इजरायलको क्लब ओर येहुदाबाट गोलरक्षक बनी फुटबल खेलेका थिए ।)
विभिन्न समयमा भएका युद्ध झल्किने गरी “युद्ध स्मारक पार्क” कहाँ निर्माण हुँदैछ ?
-कीर्तिपुर
समलिंगी विवाहलाई ढुंगाले हानेर मार्ने कानुन बनाउने देश कुन हो ?
👉ब्रुनाई
हालै महिला विभेदविरुद्धको युएन समितिको उपाध्यक्षमा को नियुक्त भएकी छन् ?
👉बन्दना राणा
पाँचौं महिला साफ फुटबल च्याम्पियनसिपको उपाधि कुन राष्ट्रले जित्यो ?
👉भारत (नोटः-भारतले नेपाललाई फाइनलमा ३ का विरुद्ध १ गोलले पराजित गरेको हो ।)
मानिसको वैज्ञानिक नाम होमोसेपिन्स हो भने भैँसीको वैज्ञानिक नाम के हो ?
👉बुबालस बुबालिस
राष्ट्रिय कलाश्री सम्मान २०७५ कसलाई प्रदान गरियो ?
👉बैरागी काइला (नोट -उक्त पुरस्कारको राशी १ लाख रहेको छ ।)
नेपालको पहिलो महिला सचिव को हुन् ?
👉चन्द्रकला किरण
“भिजन फाइभ मिलियन योजना” के हो ?
👉प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले सन् २०३०सम्म वार्षिक ५० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित तर्जुमा गरेको अभियान हो भिजन फाइभ मिलियन योजना ।
ओजोन तहको क्षयीकरण नाप्ने एकाइ कुन हो ?
👉डबसन
चर्चित साहित्यिक उपन्यास “मृत्युको आयु” कृतिका लेखक को हुन् ?
👉रवीन्द्र समीर
काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगल हिमशृंखला ६,१५१ मिटर उचाइको ग्याल्जेन हिमालको चुचुरोमा पहिलोपटक मानव पाइला कहिले प्रवेश गर्यो ?
👉२०७५ चैत्र २६ (नोट -माया गुरुङ, मिलन लामा र सर्मिला थापाको टोलीले आरोहण गरेको हो ।)
नेपाल सरकारले देशमा विद्यमान रहेका पाँचवटै विकास क्षेत्र कहिले खारेज गर्ने निर्णय गर्यो ?
👉२०७५ चैत्र २८
स्मार्ट मिनी मोडल्स अफ द वल्र्ड २०१९ को उपाधि कसले जित्यो ?
👉प्रिन्सा खड्का
पन्ध्रौँ योजनाको आधारपत्रलाई अन्तिम रूप दिन राष्ट्रिय विकास परिषद्को पछिल्लो बैठक कहिले सम्पन्न भयो ?
👉२०७५ चैत २० र २१ गते
(स्मरण रहोस् उक्त बैठकबाट राष्ट्रिय योजना आयोगले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पूरा गर्न ५५ वटा सूचक तय गरेको छ भने राष्ट्रिय विकास परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ)
पुष्पा बस्नेतको जीवनीमा आधारित चर्चित कृति ‘पुतलीको घर’का लेखक को हुन् ?
👉घनश्याम खड्का
मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?
👉सुवास घिमिरे र हरिप्रसाद जोशी
(स्मरण रहोस् उक्त पुरस्कारको राशि जनही ५० हजार रहेको छ)
‘राष्ट्रिय सहकारी दिवस’ कहिले मनाइन्छ ?
👉चैत २० गते
(यस वर्षको नारा–दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने रहेको छ)
हालै नियुक्त संवैधानिक आयोगमध्ये थारू आयोगका अध्यक्ष वा प्रमुख को हुन् ?
👉डा. विष्णुकुमार चौधरी
(चौधरी २०७५ चैत ७ गते थारू आयोगको प्रमुखमा नियुक्त भएका हुन्)
सन् २०१९ मा ‘ट्रिप एडभाइजर डटकम’ अनुसार घुम्नैपर्ने सहरको सूचीमा काठमाडौं कतिऔँ स्थानमा रहेको छ ?
👉१९औँ स्थानमा
गुगलको सामाजिक सञ्जाल गुगल प्लस औपचारिक रूपमा कहिलेबाट बन्द भयो ?
👉२०१९ अप्रिल २ (२०७५ चैत १९)
(नोट- गुगल प्लसको स्थापना सन् २०११ मा भएको हो)
राजर्षि जनक विश्वविद्यालयसम्बन्धी विधेयक व्यवस्थापिका संसद्बाट कहिले पारित भयो ?
👉२०७४ असोज २६
राष्ट्रिय खेलकुद परिषद्को लोगो निर्माता को हुन् ?
👉देवलाल मोक्तान
बहुआयामिक गरिबी सूचकांक २०७४ कहिले सार्वजनिक भयो ?
👉२०७४ पुस ५
(नोट-उक्त प्रतिवेदनअनुसार २८.६२ प्रतिशत गरिबी रहेको छ)
क्यामेरा ट्र्यापिङ प्रणाली केसँग सम्बन्धित रहेको छ ?
👉बाघ गणना
विद्युत्को पिता भनेर कसलाई चिनिन्छ ?
👉माइकल फाराडे
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सल्लाह, सुझाब र गुनासोका लागि कल सेन्टरको सुरुवात कहिले ग-यो ?
👉२०७५ चैत १८
‘न्यायाधीशहरूको तेस्रो राष्ट्रिय सम्मेलन २०७५’ कहिले सम्पन्न भयो ?
👉२०७५ चैत २० देखि २२ सम्म
(नोट- न्यायपालिकाको स्वतन्त्रता : न्यायिक सुशासन हाम्रो प्रतिबद्धता भन्ने नारा रहेको थियो)
‘एबल अवार्ड २०१९’कसलाई प्रदान गरियो ?
👉डा. केरेन युलेनबेक (अमेरिका)
(नोट-एबल अवार्डलाई गणित विधाको सबैभन्दा ठूलो पुरस्कार मानिन्छ भने यो अवार्ड मार्च १९, २०१९ मा प्रदान गरिएको हो)
‘बेइमानहरू विज्ञापनमा र इमान्दारहरू योग्यतामा बाँच्न चाहन्छन् ।’ यो भनाइ कसको हो ?
👉जोन रस्किन





















प्रतिक्रिया