Logo

कर्णाली प्रदेश

कर्णाली सरकारको आकस्मिक बैठक, राहत र उद्धार तीव्र बनाउने निर्णय



सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने निर्णय गरेको छ ।

शनिबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने तथा सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको हो ।

प्रदेश सरकारसँग उपलब्ध भएको राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए ।

उनका अनुसार उद्धारका लागि सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको छ, आवश्यकता अनुसार बजेट खर्च गरेर शोधभर्ना गर्नेगरि बजेट खर्चसम्बन्धी व्यवस्था मिलाइएको छ ।

मन्त्री जिसीका अनुसार प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेत एअरवेशमा रहेको हेलिकप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने काम पनि भइरहेको छ ।

बैठकमा कांग्रेस संसदीय दलका नेता जीवबहादुर शाही पनि सहभागी थिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार ०९:१४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।