Logo

प्रमुख समाचार

सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो, मन्त्रीहरुले आजै राजीनामा बुझाउने



काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीको निर्णयअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए । एमालेका मन्त्रीहरूले पनि आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी गरेको बताइएको छ ।

एमालेको सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई २४ घन्टाभित्र राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरेको थियो। प्रधानमन्त्रीलाई दिएको समय सकिएपछि एमालेले समर्थन फिर्ता लिनुको साथै मन्त्रीहरूलाई समेत फिर्ता बोलाएको हो । दाहाल नेतृत्वको सरकारमा एमालेका ८ जना मन्त्री सहभागी छन् ।

मन्त्रीहरुले आजै राजीनामा बुझाउने

नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरकोे छ । एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले पनि आज नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाउने भएका छन् ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार अबको डेढ घण्टाभित्र समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने छन् ।

प्रचण्ड नेतृत्व सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायातमन्त्री रघुवीर महासेठको नेतृत्वमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, खानेपानीमन्त्री राजेन्द्रकुमार राई, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती रहेका छन् ।

 

प्रकाशित मिति : १९ असार २०८१, बुधबार १८:५०   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।