Logo

प्रमुख समाचार

एमालेका मन्त्रीको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भने यस्तो पनि हुँदो रैछ…



काठमाडौं । एमालेबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई केही बेरअघि राजीनामा बुझाए । राजीनामा बुझ्ने क्रममा प्रधानमन्त्री दाहालले कुनै राजनीतिक टिप्पणी गरेनन् ।

प्रधानमन्त्रीले गायक फत्तेमानको एउटा गीत सम्झिएको एक मन्त्रीले बताए ।

‘मैले एउटा गीत सम्झिरहेको छु, यस्तो पनि हुँदो रैछ, जिन्दगीमा कैले कैले ‘कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले ‘मेरो योभन्दा बढी भन्नुपर्ने केही छैन ।’
एमालेका मन्त्रीहरुले पनि कुनै टिप्पणी गरेनन् । उनीहरु एकछिनमै बालुवाटारबाट निस्किए ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार २१:०४   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।