Logo

प्रमुख समाचार

दीर्घकालीन असर पर्ने काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण



काठमाडौं । नेकपा एमालेले सरकार अल्पमतमा परिसकेको भन्दै दीर्घकालीनअसर पर्ने कुनैपनि काम नगर्न र नगराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण गराएको छ ।

महासचिव शंकर पोखरेलले बिहीबार दिउँसो एक विज्ञप्ति जारी गरी एमालेले समर्थन फिर्ता लिइसकेको अवस्थामा सरकार अल्पमतमा परिसकेको बताएका छन् ।

‘एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरूले राजीनामा समेत दिइसकेको अवस्थामा सरकार स्पष्ट अल्पमतमा परेको अवस्था छ’, महासचिव पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साथै एमालेले अहिलेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत समेत पाउने अवस्था नरहेको जनाएको छ ।

सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमति भएको थियो । त्यसपछि बुधबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ भने एमालेबाट सरकारमा रहेका ८ जना मन्त्रीले बुधबारै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका छन् ।

प्रकाशित मिति : २० असार २०८१, बिहीबार १५:४२   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।